स्वास्थ्यकर्मीलाई बीमा सुविधा र ५० प्रतिशत भत्ता दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै देशैभरिका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरुको परिवारलाई बीमा सुविधा तथा उपचारको व्यवस्थाप सरकारले गर्ने घोषणा गरेका छन् ।
आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीमा पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सरसफाइकर्मी लगाएत अन्य कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भक्ता दिने घोषणा गरेका छन् ।