एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारणसभा जेठ १० गते

२० बैशाख २०७८, सोमबार १७:४९

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले २६औं वार्षिक साधारण सभा जेठ १० गते बोलाएको छ। सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, दिउसो २ बजेदेखि भिडियो कन्फरेन्स मार्फत हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

त्यस्तै सभामा आ.व २०७७र७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि एभरेष्टले वैशाख २९ गते बुक क्लोज गर्ने भएको छ । जसका कारण वैशाख २८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*