सानिमा जनरल इन्स्योरेन्सको नाफा शतप्रतिशतले बढ्यो

२० बैशाख २०७८, सोमबार १८:०१

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शतप्रतिशतले नाफा बढाएको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ८९ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १३ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ९ करोड ४२ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४७ प्रतिशतले बढी हो ।

कम्पनीले पुनर्बीमा कमिशन वापत ८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन वपात ८८ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ। समिक्षा अवधिमा कम्पनीले ५७ हजार ८२४ वटा बीमालेख जारी ४६ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले एक हजार ७ सय ३ वटा दाबीवापत ३ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ करोड ५९ लाख रुपैयाँ, बीमा कोषमा ८ करोड ५७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८६ लाख ४६ हजार रुपैयाँ रकम संचित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ १ सय १७ रुपैयाँ ६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*