सिईडिबि हाइड्रोपावरको आइपीओमा माग भन्दा बढीको आवेदन, १५ लाख बढीले गरे आवेदन

२० बैशाख २०७८, सोमबार १८:१९

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आज साँझसम्ममा १५ लाख ३ सय ६४ वटा आवेदन परेको छ । कम्पनीको बिक्रि प्रबन्धक सनराइज क्यापिटले आज साँझसम्म उक्त आवेदन परेको जनाएको छ।

क्यापिटलका अनुसार आज २ अर्ब ३० करोड ७३ लाख २३ हजार ६०० रुपैयाँ बराबरको २ करोड ३० लाख ७३ हजार २३६ कित्ता शेयर माग आवेदन परेको छ ।यो सर्वसाधारणबाट माग भएको ९ दशमलव ८५ गुणा बढीको आवेदन हो । कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २३ लाख ४१ हजार ९५४ कित्ता शेयर खरीदका लागि आवेदन मागेको थियो ।आईपीओमा लगानीकर्ताले मंगलबारसम्म आवेदन दिन पाउने छन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*