प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो , अन्य सूचक कस्तो ?

२० बैशाख २०७८, सोमबार १८:५०

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले ५९ करोड ८२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५२ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११ प्रतिशतले बढेको छ।

समिक्षा अवधिमा कम्पनीले २८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

इन्स्योरेन्सको १ लाख २३ हजार ५९९ बीमालेख जारी गरेको छ भने १ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ३३ करोड ३९ लाख रुपैयाँ, बीमा कोषमा ८१ करोड ५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ३ करोड ९९ लाख रुपैयाँ रकम संचित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ( वार्षिक) ३५रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ २ सय २० रुपैयाँ २२ पैसा रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*