हिमालयन जनरल ईन्स्योरेन्सको साधारणसभा जेठ २८ गते, बोनस शेयर पारित हुने, बुक क्लोजको मिति तय

२१ बैशाख २०७८, मंगलवार ०८:१५

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीको साधारणसभा आगामी जेठ २८ गतेका लागि आह्वान गरिएको छ । आज प्रकाशित सूचना अनुसार आगामी जेठ २८ गते थापागाउँ काठमाडौंमा कम्पनीको २७ औं बार्षिक साधारणसभा आह्वान गरिएको छ ।

कम्पनीले ३.७५ प्रतिशत नगद र तीन प्रतिशत बोनस शेयर लाभांश बापत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आव २०७६।०७७ को बार्षिक साधारणसभा गर्न लागेको हो । हाल कूल चुक्ता पुँजि एक अर्ब छ करोड ८२ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजि रहेको कम्पनीले बोनस शेयर वितरण पश्चात पुँजि बृद्धि भई एक अर्ब १० करोड तीन लाख ३६ हजार ६४० रुपैयाँ पुग्नेछ ।

कोरोना महामारीका कारण कम्पनीले डिडिजटल माध्यमबाट साधारणसभा सम्पन्न गरिने समेत जनाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ १३ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जेठ १२ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभामा भाग लिन तथा बोनस प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले विशेष प्रस्तावको रुपमा एक्वीजिशन तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारणसभामा लैजाने भएको छ । कम्पनीद्वारा प्रकाशित सूचना अनुसार डिडिए गराउने अधिकार समेत सञ्चालक समितिलाई अख्तियारी दिएर मर्जर तथा एक्वीजिशनको लागि मार्ग प्रसस्त गर्न २७ औं साधारणसभामा प्रस्ताव लैजाने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*