सिईबिडी कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

२१ बैशाख २०७८, मंगलवार ०९:१६

काठमाडौं । साधारण शेयरमा लागनीकर्ताहरुको लागि आजको दिन निकै महत्वपूर्ण छ । एकै पटक दुई वटा कम्पनीको आईपिओमा आज एकै दिन आवेदन दिन पाइने भएको छ । सिईबिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीमा आवेदन दिन बाँकी भएकाहरुले आजै अपरान्ह ५ बजेसम्म आवेदन दिन सक्नेछन् भने आजै विहान ११ बजेदेखि मध्य भोटेकोशी हाईड्रोपावरको आयोजना प्रभावितहरुको लागि आईपिओ खुल्ला हुँदैछ ।

सिईबिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि २३ लाख ४१ हजार ९५४ कित्ता आईपिओ वितरण गर्न बिक्री खुल्ला गरेको थियो । सो आवेदनमाथि हिजो साँझसम्म १५ लाख ३६४ जनाले आवेदन दिएका छन् । कर्मचारी तथा म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको २३ करोड ४१ लाख ९५ हजार ४०० रुपैयाँको आईपिओ जम्मा दुई लाख ३४ हजार १९५ जनाले प्राप्त गर्नेछन् । बाँकी करिब १३ लाखको हात खाली हुनेछ ।

सो आईपिओमा आवेदन दिन चाहनेले आज अपरान्ह ५ बजेसम्म आश्वा सदस्य बैंकमार्फत वा सिडिएससीको मेरो शेयर एप मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*