नेप्सेमा महिला लघुवित्तको ३३ दिने यात्राः १० करोडको कम्पनी चार अर्ब भ्यालु, हजार रुपैयाँ लगानी गर्नेको सम्पत्ति ४१ हजार ५८० पुग्यो

२१ बैशाख २०७८, मंगलवार १३:२६

काठमाडौं ।शेयर बजारलाई विश्वव्यापी रुपमै जुवाको संज्ञा दिनेहरु धेरै छन् । शेयर बजारलाई विश्वभरीकै सरकारहरुले अनुत्पादक क्षेत्र भनेर गणना गर्ने गरेको छ ।

यद्यपि देशको आर्थिक सूचांकहरुमा भने शेयर बजारको तथ्याङ्कहरु समेत जोडेर गर्ने गरिएको छ । नेपालमा पनि पछिल्लो समय आईपीओमा सर्वसाधारणको क्रेज बढ्दो छ । महिला लघुवित्तले दोस्रो बजारमा शेयर कारोबार शुरु गरेदेखि नै कम्पनीको सेयरमा लगातार रुपमा पोजेटिभ सर्किट लागिरहेको छ ।

अहिले सबै लगानीकर्ताहरुको चासो महिला लघुवित्त वित्तीय संस्थाको शेयरमाथि परिरहेको छ ।लगानीकर्ताहरुका बीचमा चर्चा भइरहने महिला लघुवित्त वित्तीय संस्थाको भने कायालपट भएको छ । कूल १० करोड रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीको कूल सम्पत्ति भ्यालु झण्डै साढे चार अर्ब पुगेको छ भने सर्वसाधारणले समेत ४१ हजार रुपैयाँको मालिक बनेका छन् ।

सबैभन्दा बढि प्रतिफल दिने लघुवित्त कम्पनीको रुपमा परिचय बनाएको सो कम्पनीको ओपनिङ रेन्ज नै ३१३–९३९ रुपैयाँ तोकिएको थियो । शेयर बजारका सेटिङकर्ताहरुले ४३८ रुपैयाँमा पहिलो कारोबार गराएका थिए । २०७७ चैत्र ३ गतेबाट नेप्सेमा कारोबार सुरु भएको थियो । सो कम्पनीको चार लाख कित्ता प्राथमिक शेयर नेप्सेमा सुचिकृत छ ।

सो कम्पनीको सेयरमा लगातार ३३ दिनसम्म सर्किट लागेर मूल्यबृद्धि भइरहेको छ । जस अनुसार सो अवधीमा नेप्सेमा३३ कारोबार दिन सम्म कम्पनीको लगातार मूल्य बढेको हो । कम्पनीको सेयर मूल्य अहिले बढेर प्रतिकित्ता ४ हजार १५८ रुपैयाँ पुगेको छ ।आईपिओ बाँडफाँड गर्ने क्रममा गोलाप्रथाको माध्यमबाटभाग्यमानी आवेदकलाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको थियो । महिला लघुवित्तको आईपिओ पाएका लगानीकर्ताहरुले एक हजार रुपैयाँको लगानी ४१ हजार ५८० रुपैयाँ पुगेको छ ।

१० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत वर्ष फागुनमा सर्वसाधारणलाई चार करोड रुपैयाँको साधारण सेयर बिक्री गरेको थियो। उच्च अंकले मूल्यबृद्धि भएसँगै कम्पनीको बजार पुँजिकरण समेत चार अर्ब १५ करोड ८० लाख पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*