छ वटा लघुवित्त संस्थालाई एनएफआरएस अनिवार्य, मुनाफा वितरण प्रभावित होला ?

२१ बैशाख २०७८, मंगलवार १७:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रवाह गर्ने तथा निक्षेप संकलन गर्ने लघुवित्त कम्पनीहरुलाई आगामी चौथो त्रैमासदेखि एनएफआरएस वित्तीय प्रणाली अनुसारको हिसाब सार्वजनिक गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई चालु अािर्थक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण एनएफआरएस अनुसार नै सार्वजनिक गर्न निर्देन दिएको छ । उक्त निर्देशन अनुसार साना किसान, आरएमडिसी लघुवित्त, आरएसडिसी लघुवित्त र फस्र्ट माइक्रोफाइनान्स कम्पनीले एनएफआरएस वित्तीय विवरणको मापदण्ड लागू गर्नुपर्नेछ । त्यस्तै, निर्धन उत्थान लघुवित्त र छिमेक लघुवित्तलाई राष्ट्र बैंकले सर्वसाधारणबाट निक्षेप संकलनको अनुमति दिएकोले उनीहरुले समेत एनएफआरएसमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको हो ।

एनएफआरएस प्रणाली लागू गरेपछि लघुवित्त कम्पनीहरुको मुनाफा घट्ने अनुमान गरिएको छ । एनएफआरएस लेखामान विधीले कम्पनीहरुलाई जोखिम व्यवस्थापनको लागि निश्चित प्रतिशत रकम कोषमा राख्ने व्यवस्था गरेकोले आगामी वर्षहरुमा मुनाफा वितरण गर्न नपाउने सम्भावा रहन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*