एनआईसी एशिया बैंकले २ जनालाई हस्तान्तरण गर्यो बीमा दाबी रकम

२१ बैशाख २०७८, मंगलवार १८:३९

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत अन्तर्गत २० लाख बीमा दाबी रकम दुई जनालाई बीमा दाबी भुक्तानी गरेको छ । बैंकले बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिलाई उनको पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत १० लाख र सोही जिल्लाको ४७ वर्षिया बिन बहादुर वर्मालाई पनि घातक रोगको उपचार वापत १० लाख रकम भुक्तानी गरेको हो ।बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ ।

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख ९अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार० सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउन सक्नेछन् ।
बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४४५ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको २ करोड ९० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*