सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको आइपीओमा १७ लाख बढीको आवेदन

२१ बैशाख २०७८, मंगलवार १९:०७

काठमाडौं। सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको आइपीओमा २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको छ ।सनराईज क्यापिटलका अनुसार आवेदन दिने आज अन्तिम दिन मंगलबारसम्म १७ लाख ३६ हजार ७ सय जना आवेदकले उक्त आवेदन दिएका हुन् ।
कम्पनीको आइपीओमा सर्वसाधारणले माग भन्दा ११ दशमलव २५ गुणा बढी आवेदन परेको छ ।कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी गरेको थियो । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*