सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले बढ्यो, अंधिकाश सूचक सकारात्मक

२२ बैशाख २०७८, बुधबार १०:२५

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिमा २८ करोड ५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड ४१ लाख ३० हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ६४ प्रतिशतले वृद्धि भएको छ।

समिक्षा अवधिमा कम्पनीले ९५ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ७४ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २८ प्रतिशतले बढेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ लाख ३६ हजार ६९६ बीमालेख जारी गरि १ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा१० करोड ७७ लाख आम्दानी गरेको छ भने पुनर्बीमा कमिशन वापत २२ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।त्यस्तै, कम्पनीले ८ हजार ३२ बीमा दाबीवापत ८० करोड ६७ लाख ३६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्सको १ लाख ३६ हजार ६९६ बीमालेख जारी गरेको छ भने १ अर्ब ९९ करोड ६९ लाख ८३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७४ करोड ९९ लाख अल्पकाली कर्जा र ६२ करोड २० लाख रुपैयाँ दिर्घकालीन कर्जा प्रवाह गरेको छ ।यसबाट कम्पनीले यस त्रैमासमा १० करोड ७७ लाख आम्दानी गरेको छ भने पुनर्बीमा कमिशन वापत २२ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।कम्पनीले ८ हजार ३२ बीमा दाबी भुक्तानी गरेको छ भने ६ हजार ५४१ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १२ करोड २३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ र कम्पनीको बीमा कोषमा ९५ करोड ६६ लाख ३८ हजार रुपैयाँ रकम संचित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५६.६३ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*