हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा २८ प्रतिशतले घट्यो

२२ बैशाख २०७८, बुधबार १०:४८

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको नााफा २८ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको १८ करोड ५१ लाखरुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा १७ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड ६६ लाख ३० हजार रुपैयाँ, बीमा कोषमा ६० करोड ७४ लाख ५२ हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ११ लाख ५७ हजार रुपैयाँ रकम संचित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ५ हजार ६ सय ८४ बीमा भुक्तानी गरेको छ भने २ हजार ६ सय २ बीमा दाबी भुक्तानी हुन बाँकि रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ८८ रुपैयाँ ४८ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*