अपि पावर कम्पनी हकप्रद शेयर जारी गर्दै, वैशाख २८ गतेसम्मका शेयरधनीले मात्रै आवेदन दिन पाउने

२२ बैशाख २०७८, बुधबार ११:५२

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनका लागी शेयर दाखिला खारिज बन्द गर्न लागेको हो । वैशाख २९ गते बुधबार एक दिनको लागी शेयर दर्ता किताब बन्द गरिने जनाएको छ । सो आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले चुक्ता पूँजीको १००ः२९.३८ को अनुपातमा ५७ लाख ७० हजार कित्ता हकप्रद शेयर जारि गर्नका लागी यहि वैशाख २० गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत समेत लिईसकेको छ । धितोपत्र बोर्ड बाट स्वीकृत पाइसके पछि अपि पावर कम्पनी संचालन समितिबाट निर्णय भए अनुसार चुक्ता पूँजी रु १९२.९७५ करोडको १००ः२९.३८ को अनुपातमा एक सयको अंकित दरमा ५७ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*