सुनको मूल्य तोलामा तीन सयले घट्यो, लकडाउनले कारोबार ठप्प

२२ बैशाख २०७८, बुधबार १२:१०

काठमाडौं । सबैभन्दा मूल्य घटबढ भइरहने सुनचाँदीको मूल्य हो । तर देशैभरी निषेधाज्ञाको कारण सुनको कारोबार भने शुन्य जस्तै भएको छ ।

आज मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाला सुनको मूल्य ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको हो । मंगलबार सम्ममा सुनको मूल्य ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजावी सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैं महासंघका अनुसार चाँदीको प्रतितोला मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार तीन सय २० रुपैयाँ भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*