महालक्ष्मी विकास बैंकले एक लाख ६६ हजार कित्ता एसियन लाइफको शेयर लिलाम गर्दै

२२ बैशाख २०७८, बुधबार १३:१५

काठमाडौँ । महालक्ष्मी विकास बैंकको आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर यहि वैशाख २६ गते लिलाम बिक्री गर्न लागेको छ ।

बैंकले कम्पनीको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामी बिक्रीका लागि लिलाम बढाबढको सूचना प्रकाशित गरेको छ । लगानीकर्ताले न्यूनतम ६९८ रुपैयाँ आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नसक्ने छन् । सबैभन्दा बढि मूल्य तोकेर बोलपत्र पेश गर्नेहरुको अन्तिम कट अफ मूल्य तय गरी सो भन्दा माथि तोकेर बोलपत्र पेश गर्नेहरुले उक्त शेयर प्राप्त गर्नेछन् ।

त्यसैगरी, शेयर लिलामी बिक्री खरिद गर्नेका लागि विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन जेठ ९ गतेसम्म पेश गर्न सक्नेछन् । लगानीकर्ताले खरिद गर्न चाहेमा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता आवेदन दिइ लिलामी बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा पेश पर्नुपर्ने सूचनामा जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*