आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, जीवन बीमा कोष ११०% ले बृद्धि, खुद बीमा शुल्कसहितका सबै सूचांकमा प्रगति

२२ बैशाख २०७८, बुधबार १३:३५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ११०.८७ प्रतिशतले बृद्धि भएको छ भने अधिकांश सूचांकमा उल्लेख्य प्रगति भएको देखिएको छ ।

कम्पनीले जीवन बीमा कोषमा दुई अर्ब ४९ करोड ८३ लाख ६३ हजार ७५९ रुपैयाँ जम्मा गर्न सफल भएको छ । कम्पनीको कोषको आकार तीन अर्ब नजिकै पुगेको छ । महाविपत्ती कोष, जगेडा र कोष र जीवन बीमा कोष समग्रमा शतप्रतिशतले बृद्धि भएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिनामा १० करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको समीक्षा अवधीको तुलनामा २.०३ प्रतिशतले मुनाफा बृद्धि गरेको कम्पनीले गत आवमा नौ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले ३५ करोड १७ लाख ४२ हजार ७९१ रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ । अघिल्लो वर्ष यस्तो कमिशन १६ करोड ३३ लाख ६२ हजार ४८१ रुपैयाँ थियो । त्यस्तै व्यवस्थापन खर्च जम्मा ३० प्रतिशलते बढेको देखिएको छ । कम्पनीले चाल आवमा ३० करोड ५० लाख आठ हजार ६५६ रुपैयाँ खर्च गरेको छ ।

समीक्षा अवधीमा कम्पनीले एक अर्ब ८५ करोड ११ लाख ७३ हजार ९०२ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा ११३.१३ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरेको कम्पनीले कूल बीमा शुल्क ११४.९१ प्रतिशतले बृद्धि गर्दै एक अर्ब ८९ करोड ५४ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको वित्तीय विवरणले औल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*