साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालक परिवर्तन, चन्द बने नयाँ सञ्चालक

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले संचालक समिति हेरफेर गरेको छ । कर्पोरेशनले संचालक समितिमा मोहन प्रकाश चन्द नियुक्त भएको जनाएको छ ।
कर्पोरेशनले मिति २०७८/०१/२१ गते जारी गरेको सूचना अनुसार साविक नेशनल ट्रेडिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेको जनाएको छ ।
साविक नेशनल ट्रेडिङ गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी गठन भएको हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पत्रानुसार साविक नेशनल ट्रेडिङ लि. को तर्फबाट चन्दले कर्पोरेशनको संचालक समितिमा प्रतिनिधित्व गरेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।