महिला लघुवित्तको मुनाफा दोब्बरले बृद्धि, १० करोडको कम्पनीमा १९ करोडको जगेडा कोष

२२ बैशाख २०७८, बुधबार १४:३२

काठमाडौं । १० करोड रुपैयाँ चुक्ता पुँजि भएको महिला लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिक वित्तीय विवरण हालै प्रकाशन भएको छ ।

हाल शेयर बजारमा ऐतिहासिक रेडर्क राख्दै ३४ दिनदेखि सकारात्मक सर्किट लागिरहेको महिला लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणले समेत कम्पनी निकै बलियो देखिएको छ । कम्पनीको कूल चुक्ता पुँजि १० करोड रुपैयाँ रहेको छ । सो कम्पनीले १९ करोड १८ लाख ३९ हजार १२० रुपैयाँ जगेडा कोषमा संचिती गरेको वित्तीय विवरणले औल्याएको छ ।

जगेडा कोषकै कारण कम्पनीको प्रतिशेयर कूल सम्पत्तिको मूल्य नै तीन हजार ४१३ रुपैयाँ ७४ पैसा रहेको छ । सोही कारण पनि उक्त कम्पनीको शेयर मूल्य लगातार बढ्ने क्रममा रहेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको ब्याज आम्दानी १९ करोडबाट बृद्धि भइ २७ करोड पुगेको छ । त्यसैगरी कम्पनीले छ करोड २९ लाख ८८ हजार रुपैयाँ सम्भावित खराव कर्जाको लागि जोखिम बापत प्रोभिजन गरेको छ । त्यसैगरी, कम्पनीले यस अवधीमा दुई करोड १७ लाख रुपैयाँ राईट ब्याक समेत गर्न सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा जम्मा तीन करोड दुई लाख २४ हजार ६३० रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा चालु आवको नौ महिनामा छ करोड ४२ लाख ४३ हजार ६४० रुपैयाँ मुनाफा आर्जन गरिसकेको छ । कोरोना महामारीकै बीचमा पनि कम्पनीले असार मसान्तसम्ममा नौ करोडभन्दा बढि मुनाफा कमाउने देखिएकोछ । चालु आवमा आर्जित मुनाफाबाट आगामी वर्ष महिला लघुवित्तले बोनश शेयर वितरण गर्नसक्ने देखिएकोे छ । नेपाल राष्ट्र बैंकले नगद भन्दा बोनस शेयरमा बढि प्राथमिकता दिएकोले आगामी वर्ष महिला लघुवित्तले कम्तीमा ५० प्रतिशत बोनस शेयर दिने विश्लेषण गरिएको छ ।

बजारमा अत्याधिक मागका कारण चम्किएको महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ४५७३ रुपैयाँ पुगेको छ । यही आधारमा बढ्दै गएमा छ हजारको उच्च बिन्दु चुम्ने अनुमान गरिएको लगानीकर्ताहरुको विश्लेषण छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*