ओली सरकार ढल्यो, प्रधानमन्त्रीले विश्वासको मत लिन सकेनन्

२७ बैशाख २०७८, सोमबार १७:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वास मत लिन सकेनन् । विश्वासको मत लिन नसकेपछि २०७४ साल फागुन ३ गते गठन भएको ओली नेतृत्वको सरकार ढल्न पुगेको छ । नेपालको संविधान अनुसार प्रम ओली पदमुक्त हुन पुगेका छन् । यद्यपि नयाँ सरकार बन्ने वातावरण सिर्जना नहुँदासम्म काम चलाउ सरकारको रुपमा वर्तमान सरकारले नै कार्य गर्नेछन ।

आज भएको मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत मात्रै परेको छ । विपक्षमा १२४ मत परेको छ भने १५ मत तटस्थ परेको सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा जानकारी गराएका छन् । प्रधानमन्त्री आफैले संसदमा विश्वासको मत लिने प्रस्ताव गरी पदमुक्त भएका हुन् । विपक्षीहरुको पक्षमा समेत बहुमत पुग्ने अवस्था नरहेकाले तत्काल नयाँ सरकार गठन हुनेमा आशंका व्यक्त गरिएको छ ।

नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका शर्मा आजबाट काम चलाउ प्रधानमन्त्रीमा परिणत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ मन्त्रिपरिषदको बैठक राखेका छन् । प्रम ओलीले आजै राजिनामा दिने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*