तेस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्सको उत्साहजनक प्रगति, मुनाफा ३५% ले बृद्धि, सबै सूचांकमा अब्बल

२९ बैशाख २०७८, बुधबार ०८:४८

काठमाडौं । तेस्रो त्रैमासिक वित्तीय विवरणमा एनएलजी इन्स्योरेन्स कम्पनीको व्यवसायमा उत्साहनजनक प्रगति देखिएको छ । कम्पनीका सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको छ भने एक अर्ब बीमा कोष खडा गर्न सफल भएको छ । बीमा कोष, महाविपत्ती कोष, जगेडा कोष कम्पनी कम्पनीको कूल कोषको आकार एक अर्ब ४६ करोड ६७ लाख ७७ हजार रुपैयाँको कोष बनाउन सफल भएको छ ।

कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा ३५.२२ प्रतिशतले बृद्धि भएको छ । एक अर्ब नौ करोड ६३ लाख ७६ हजार चुक्ता पुँजि भएको कम्पनीले चालु आवको नौ महिनामा २१ करोड २८ लाख तीन हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले जम्मा १५ करोड ७३ लाख ७४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कोरोना महामारीका बीचमा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको हो ।

कम्पनीको निर्जिवन बीमा व्यवसाय पनि उल्लेख्य रुपमा बृद्धि भई एक अर्ब ६९ करोड १४ लाख २२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवको चैत्र मसान्तको तुलनामा कम्पनीको कूल बीमा शुल्क आम्दानी २८.८० प्रतिशतले बृद्धि भएको छ । गत आवको नौ महिनामा कम्पनीले एक अर्ब ३१ करोड ३१ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आम्दानी ३६.२५ प्रतिशतले बृद्धि भई ८५ करोड ३६ लाख ५६ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ६२ करोड ६५ लाख ५० हजार रुपैयाँ मात्रै थियो ।

कम्पनीको खुद दावी भुक्तानी घटेको छ । पर्याप्त पुनर्बीमाको व्यवस्था र दक्ष जनशक्ति विकास गर्न सक्षम भएकोले दावी भुक्तानी घटेको विश्वास गर्न सकिन्छ । गत आवमा ४२ करोड ८१ लाख ३६ हजार रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको सोही अवधीमा ३८ करोड १३ लाख २८ हजार रुपैयाँ मात्रै दावी भुक्तानी गरेकोछ । गत आवको तुलनामा कम्पनीको दावी भुक्तानी १०.९३ प्रतिशतले घटेको हो ।

कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आयमा ३७.५० प्रतिशतले बृद्धि भएको छ । गत आवमा १५ करोड ५७ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवमा २१ करोड ४१ लाख ९० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको व्यवस्थापन खर्च केही बढेको देखिएको छ । गत आवमा १६ करोड ६७ लाख ६८ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा सामान्य बृद्धि भई १८ करोड ६२ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको जारी पोलिसी संख्यामा २८ प्रतिशतले बृद्धि भएको छ । गत आवमा एक लाख ३० हजार ४४६ वटा पोलिसी जारी गरेको कम्पनीले चालु आवमा एक लाख ६८ हजार २२८ वटा पोलिसी जारी गरेको छ । त्यस्तै कम्पनीले चालु आवमा ३३ हजार ८२० वटा पोलिसी नविकरण गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २५.८८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.९४, प्रतिशेयर नेटवर्थ २३३.७८ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३८२.१९ र तरलता अनुपात २.२१ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*