अभिकर्ता र बीमा कर्मचारीलाई ‘सेफ्टी फर्स्ट’ रणनीति अपनाउन जीवन बीमक संघको अपिल

‘फिल्ड फोर्स’ को सुरक्षामा ध्यान दिन सबै कम्पनीहरुलाई अध्यक्ष श्रेष्ठको आग्रह
९ जेष्ठ २०७८, आईतवार १८:२१

काठमाडौं । कोरोना महामारीमा जीवन बीमा अभिकर्ताहरु ठूलो संख्यामा संक्रमित भई दर्जनभन्दा बढिको ज्यान गएपछि जीवन बीमक संघ नेपालले ‘सेफ्टी फर्स्ट’ (सुरक्षा पहिले) रणनीति अपनाउन सबैमा अपिल गरेको छ ।

संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सबै बीमा कम्पनीका अभिकर्ताहरुलाई फेस टु फेस भेटवार्ता नगर्न, डिजिटल संवादमार्फत बीमा जनचेतना जगाउने तथा बीमा शुल्क संकलन सम्बन्धी काम गर्न अपिल गरेका छन् । बीमापोष्टमार्फत अध्यक्ष श्रेष्ठले कोरोना महामारीमा बीमाकर्मीहरुमा संक्रमण बढ्दै गएकोतर्फ सबै सचेत हुनुपर्ने बताए ।

अध्यक्ष श्रेष्ठले अभिकर्ता र बीमा कम्पनीका कर्मचारीहरु सचेत भई सुरक्षा रणनीतिलाई पहिलो प्राथमिकतामा राखेर बीमा सेवा प्रदान गर्न आग्रह गरेका छन् । उनले सबै बीमा कम्पनीहरु आ–आफ्नो रणनीति अनुसार कोरोना महामारीबाट बीमा अभिकर्ता र कर्मचारीलाई सुरक्षित बनाउने रणनीतिमा जुटिरहेको बताउँदै सबै कम्पनीहरुले अभिकर्ता र तथा कर्मचारीको लागि विभिन्न प्याकेजमार्फत सेवा प्रदान गरिएको बताए ।

जीवन बीमा कम्पनीहरुका बीचमा पछिल्लो कोरोना महामारीले पुर्याएको असरबारे छलफल नभएको बताउँदै अध्यक्ष श्रेष्ठले ‘फिल्ड फोर्स’को सुरक्षामा विशेष ध्यान दिन सबै कम्पनीहरुलाई आह्वान गरेका छन् ।

मेट लाइफ इन्स्योरेन्सको नेपालस्थित कार्यालयका प्रमुख समेत रहेका श्रेष्ठले सो कम्पनीमा कार्यरत सक्रिय अभिकर्ताहरुलाई विशेष व्यवस्था गरिएको बताए । मेट लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई पिसिआर टेष्टमा विशेष सुविधा प्रदान गरिएको, पोजेटिभहरुलाई टेलिमेडिसिन सुविधाहरु प्रदान गरिएको बताउँदै सामूहिक बीमा सुविधा, स्वास्थ्य बीमा सुविधा लगायतका सुविधाद्वारा रक्षावरण गरिएको बताए ।

One thought on “अभिकर्ता र बीमा कर्मचारीलाई ‘सेफ्टी फर्स्ट’ रणनीति अपनाउन जीवन बीमक संघको अपिल

  1. Durga bahadur rai says:

    I am MetLife abhikarta from udayapur

Leave a Reply to Durga bahadur rai Cancel reply

Your email address will not be published. Required fields are marked *


*