हिमालयन रि इन्स्योरेन्स कम्पनी दर्ता हुने, बीमा समितिद्वारा पत्र दिने तयारी

१७ जेष्ठ २०७८, सोमबार १३:४३

काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा कम्पनीको रुपमा दर्ता गर्ने तयारी गरेको छ । समितिले गत बैशाख १६ गते आह्वान गरेको सूचना बमोजिम प्रतिस्पर्धामा सहभागी हिमालयन री इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा कारोबारको अनुमतिसहित दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिएको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनी प्रधानमन्त्री केपी शर्मा ओली निकट दिपक भट्ट तथा विवादित थर्मल गन काण्डमा संलग्न अग्रवाल थरका व्यापारीसमेतको संलग्नतामा दर्ता गर्न खोजिएको कम्पनी हो ।

बीमा समितिले हिमालयन रि इन्स्योरेन्सलाई दर्ता गर्न योग्य कम्पनीको रुपमा छनौट गर्ने निर्णय गरेपनि पत्र भने भने दिइसकेको छैन । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ पुनर्बीमा कम्पनी दर्ता सम्बन्धी निर्णय केही दिनभित्रैमा हुने जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*