सानिमा लाइफको ६० लाख कित्ता आईपिओ पारित, साधारणसभा सम्पन्न

२३ जेष्ठ २०७८, आईतवार १३:५९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा केहीबेर अघि सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारणसभाले सानिमा लाइफले छिट्टै निष्काशन गर्न लागेको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका कर्पोरेट बिजनेश हेड गुण राज श्रेष्ठका अनुसार अब आईपिओ निष्काशन सम्बन्धी प्रक्रिया तीव्र गतिमा अघि बढ्ने छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एक पूर्ण कार्यकालको बार्षिक साधारणसभा गरी वित्तीय विवरण समेत पारित गरिसकेकाले अबको केही दिनमै नेपाल धितोपत्र बोर्डबाट समेत स्वीकृत पाउने विश्वास गरिएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

कम्पनीले डिजिटल माध्यमबाट भर्चुअल विधिबाट साधारणसभा सम्पन्न गरेको हो । केन्द्रीय कार्यालयबाट सञ्चालक तथा अध्यक्षहरु सहभागी सधारणसभामा शेयर लगानीकर्ताहरुले भर्चुअल माध्यमबाट सहभागिता जनाई प्रस्ताव पारित गरेका हुन् ।

आजको साधारणसभाले आव २०७५।०७६ को वित्तीय विवरण पारित गरेको छ भने लेखा परिक्षण प्रतिवेदन समेत पारित गरेको जनाएको छ ।

One thought on “सानिमा लाइफको ६० लाख कित्ता आईपिओ पारित, साधारणसभा सम्पन्न

  1. Lal bahadur koirala says:

    Sadharan ak kitta share ko kati parx?

Leave a Reply to Lal bahadur koirala Cancel reply

Your email address will not be published. Required fields are marked *


*