एशियन लाइफ खुद बीमाशुल्क आर्जन १३% ले बढ्यो, चुक्ता पुँजी ४७% को वृद्धि

३० बैशाख २०८३, बुधबार ०८:३५

काठमाडौं । एशियन लाइफले तेस्रो ,त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ। गत बर्षमा ६ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा ७ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, कम्पनीको मुनाफा ३ प्रतिशतले वृद्धि भएर ३४ करोड रुपैयाँ पुगेको छ। गत बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३३ करोड ४७ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीले अभिकर्ता कमीशन मार्फत यस बर्षको तेस्रो त्रैमाससम्मा ५९ करोड रुपैयाँ दिएको छ। गत बर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड ७७ लाख रुपैयाँ कमीशन अभिकर्ता कमीशनमार्फत दिएको थियो ।

कम्पनीको हालको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले आफनो पुँजी गत बर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा ३२ करोड रुपैयाँ, रिटेनि ण्ज्ञ्ग अर्निङ्गमा ७१ करोड रुपैयाँ रहेको छ।

कम्पनीको रिर्पोट अनुसार यस अवधिसम्ममा कम्पनीको एपीएस ९ रुपैयाा २६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५।०१ रहेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*