नेपाल इन्स्योरेन्सको मुनाफामा ४०%को गिरावट, इपीएस झन कमजोर बन्दै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।
यस अवधिसम्ममा कम्पनीको मुनाफा ४० प्रतिशतले घटेको छ । गत बर्ष १७ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको यस त्रैमासमा घटेर १० करोड ६० लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, गत बर्षमा १२ रुपैयाँ ५८ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको इपीएसमा गिरावट आएर ५ रुपैयाँ ५५ पैसा पुगेको छ।
त्यस्तै, कम्पनीको इनकम इन्भेष्टमेन्ट लोन गत बर्षको तुलनामा २६ प्रतिशतले घटेको छ।

यस अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ७६ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, कम्पनीको रिर्टेनिङ्ग अनिङ्ग गत बर्षको तुलनामा ७१ प्रतिशतले गिरावट आएको छ।
कम्पनीले महाविपत्ति कोषको रकम भने गत बर्षको तुलनामा ४ प्रतिशत मात्रै बढाएको छ । जोखिम उच्च रहेको कम्पनीमा झिनो मात्रामा महाविपत्ति कोष बढाउनुलाई जोखिमपूर्ण कम्पनीको रुपमा हेरिन्छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १७३।०४ रहेको छ।












