जीवन बीमा कम्पनीको मुनाफा ७४ प्रतिशतले घट्यो, चुक्ता पुँजी १८ करोड मात्रै

३० बैशाख २०८३, बुधबार ०९:१४

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको मुनाफा यस अवधिसम्ममा ७४ प्रतिशतले घटेको छ। गत बर्षमा १ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको मुनाफा यस त्रैमाससम्ममा ४० लाख रुपैयाँमा सिमित भएको छ।

कम्पनीको खुद बीमाशुल्क आर्जन भने गत बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीको खुद बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएर ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको अभिकर्ता कमीशन शुल्क गत बर्षको तुलनामा २ प्रतिशतले वृद्धि भएर १४ करोड ३३ लाख रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पुँजी १८ करोड रुपैयाँ, महाविपत्ति जगेडा कोष ३ करोड १६ लाख रुपैयाँ र बीमा कोषमा ६७ अर्ब ६६ लाख रुपैयाँ रकम संचित रहेको छ।
कम्पनीको इपीएस १ रुपैयाँ ६६ पैसा रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*