बीमा समितिद्वारा संस्थागत बीमा अभिकर्ता निर्देशिका जारी, जुनसुकै कम्पनीले बीमा अभिकर्ताको लाइसेन्स पाउने

२६ जेष्ठ २०७८, बुधबार १६:४८

काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्ता निर्देशिका २०७८ आज जारी गरेको छ । आज जारी नयाँ निर्देशिका अनुसार कुनै पनि निजि कम्पनीले बीमा अभिकर्ताको लाइसेन्स लिई जीवन बीमा तथा निर्जिवन बीमा गर्न पाउने व्यवस्था गरिएको छ ।

बीमा समितिले आज जारी गरेको नयाँ बीमा अभिकर्ता सम्बन्धी निर्देशिकाले देशभर क्रियाशील एक लाख भन्दा बढि र बीमा अभिकर्ताको लाइसेन्स लिएका पाँच लाखभन्दा बढि अभिकर्ताको रोजीरोटी गम्भिर संकटमा परेको छ । बीमा अभिकर्ताहरुले चर्को विरोध गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै बीमा समितिले कोरोना महामारीको मौका छोपेर संस्थागत बीमा अभिकर्ता निर्देशिका जारी गरेको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले चाहेको कम्पनीलाई बीमा अभिकर्ताको लाइसेन्स दिन नपाएपछि कुनै पनि कानुन बमोजिम दर्ता भई उद्देश्यमा बीमा अभिकर्ताको काम गर्ने उल्लेख भएको कम्पनीले बीमा संस्थागत बीमा अभिकर्ताको लाइसेन्स पाउने गरी निर्देशिका जारी गरिएको हो ।

आज जारी निर्देशिका अनुसार कम्पनीका सञ्चालक वा कुनै एक व्यक्तिले एएसएलसी वा सो सरहको शैक्षिक योग्यता भएको व्यक्तिले तालिम लिएपछि अन्य जोसुकै व्यक्तिलाई कम्पनीमा भर्ना गरी बीमा अभिकर्ताको काम गराउन पाउने व्यवस्था छ । बीमा समितिले जारी गरेको निर्देशिका अनुसार पेशागत बीमा अभिकर्ताहरुको हक खोसिन पुगेको छ ।

नयाँ व्यवस्था अनुसार डिजिटल भुक्तानी प्रदायक कम्पनीहरुले समेत बीमा अभिकर्ताको रुपमा काम गर्न पाउने भएका छन् । बैंक, सहकारी, लघुवित्त तथा कुनै पनि निजि कम्पनीले बीमा अभिकर्ताको काम गर्न पाउने गरी खुल्ला गरिएको छ ।

संस्थागत-बीमा-अभिकर्ता-सम्बन्धी-निर्देशिका-२०७८

6 thoughts on “बीमा समितिद्वारा संस्थागत बीमा अभिकर्ता निर्देशिका जारी, जुनसुकै कम्पनीले बीमा अभिकर्ताको लाइसेन्स पाउने

  1. Raghunath Shrestha says:

    Very sad decision of insurance board. It will make insurance agent negetive impacts .

  2. मोहन कुमार दाहाल says:

    बिमा समितिले हाल कार्यरत लाखौं अभिकर्ताहरुको रोजिरोटि खोस्ने अत्यन्तै दु:स्साहसपुर्ण निर्णय गरेकोमा भर्त्सना गर्दछु।

  3. सियाराम चाेैधरी says:

    बिमा समितिले यो सस्थागत बिमा अभिकर्ता सृजना गरेको कार्य ले बिमा अभिकर्ता हरुको रोजि राेटि खाेसिने अवस्था रहेकाे ले घाेर भत्सर्ना गर्दछु ।

  4. आत्माराम भट्ट says:

    दिलो ज्यान दिएर अहोरात्र खटिएका ति लाखौं बीमा अभिकर्ताहरू को भविष्य माथि खेलबाड गरी सम्पूर्ण अभिकर्ता माथि गरेको बीमा समितिले लकडाउन को मौका छोपी गरेको निन्दनीय निर्णय प्रति आपत्ति प्रकट गर्दै लाखौंको रोजी रोटिमाथि प्रश्न खडा हुने भएकाले भोलि बीमा प्रति यस्ता निर्णयले गम्भीर असर पार्ने सक्ने छ बेलैमा विचार गर्न अनुरोध गर्दछु। आत्माराम भट्ट

  5. Ram prasad thakur says:

    Yo hami jasto avikarta harubko pet ma laat hanne kam vayako xa yasko ghor birod gardaxu . Yo tatakal kharej huna parxa

  6. Ishwar says:

    DUKHAD

Leave a Reply to मोहन कुमार दाहाल Cancel reply

Your email address will not be published. Required fields are marked *


*