असार २४ गतेबाट ६४ करोडको आईपिओ निष्काशन गर्ने युनियन लाइफको निर्णय

१६ असार २०७८, बुधबार ०७:४२

काठमाडौं । जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्ने ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपिओमा यही असार २४ गतेदेखि निष्काशन गर्ने निर्णय गरिएको छ ।

कम्पनीले आज सूचना मार्फत असार २४ गतेदेखि असार २८ गतेसम्म आईपिओ निष्काशन गर्ने निर्णय गरेको हो । युनियन लाइफको आईपिओको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटलका अनुसार सर्वसाधारण लगानीकर्ताले न्यनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । मेरो शेयर तथा आस्वा सदस्य जुनसुकै बैंकमार्फत आवेदन भर्न सकिने कम्पनीले जनाएकोछ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँको आईपिओ सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । उक्त ३० प्रतिशत मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानीकोषका लागि सुरक्षित गरेर बाँकी हुन आएको ५८ करोड ५ लाख रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई वितरण गरिने कम्पनीले आज प्रकाशन गरेको सूचनामा जनाइएको छ । मागभन्दा अत्याधिक गुणा आवेदन पर्ने हुँदा आईपिओ बाँडफाँडमा गोलाप्रथा हुने निश्चित छ । न्युनतम १० कित्ताका दरले बाँडफाँड हुँदा कम्पनीको प्राथमिक शेयर ५ लाख ८५ हजारले १० कित्ताका दरले पाउनेछन् भने बाँकीको हात खाली हुनेछ ।

कम्पनीले आइपिओ निष्काशनका लागि ‘इक्राएनपि आइआर बीबीबी’ रेटिङ प्राप्त गरेको छ । उक्त रेटिङ औसतभन्दा राम्रो भन्ने बुझिन्छ ।

One thought on “असार २४ गतेबाट ६४ करोडको आईपिओ निष्काशन गर्ने युनियन लाइफको निर्णय

  1. tejkunwar says:

    सर बिदेस बाट खोलिने डिम्याट खाता को बारेमा पुर्ण जानकारी पाउन सकिन्छ होला कृपया inbox please

Leave a Reply to tejkunwar Cancel reply

Your email address will not be published. Required fields are marked *


*