याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे २७ लाख आवेदकको हात रित्तो
३० बैशाख २०८३, बुधबार १०:५३

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले गत वैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएकोमा २९ लाख ३८ हजार ८२ जनाको आवेदन मात्रै स्वीकृत भएको छ।
मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा १ लाख ७४ हजार ३०० जनाले १०–१० कित्ताका दरले शेयर हात पारेका छन् भने २७ लाख ६३ हजार ७८२ जना आवेदकको हात रित्तिएको छ।












