चमत्कारिक प्रगतिसँगै नेशनल लाइफ दोस्रो स्थानमा उक्लियो !

देशव्यापी रुपमा उत्सव मनाउँदै कम्पनी, कूल बीमा शुल्क १२ अर्बमाथि, प्रथम बीमा शुल्क चार अर्ब नाघ्यो
३ श्रावण २०७८, आईतवार १५:३३

काठमाडौं । जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनी एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाइफ दोस्रो स्थानमा उक्लिएको हो ।

कूल बीमा शुल्क १२ अर्बसहित प्रथम बीमा शुल्क चार अर्बभन्दा माथि पुर्याउन सफल भएपछि आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशव्यापी उत्सव मनाएको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेपछि आज सबै कर्मचारीहरुलाई छुट्टी दिएर देशव्यापी रुपमा उत्सव मनाएको हो ।

कम्पनीले प्रथम बीमा शुल्कमा एलआईसी नेपाललाई झण्डै एक अर्बले उछिन्न सफल भएको हो । कूल बीमा शुल्कको आधारमा एलआईसी नेपाल नै दोस्रो स्थानमा छ । जीवन बीमा कोष तथा कूल बीमा शुल्कका आधारमा एलआईसी नेपाललै दोस्रो स्थानमा भएपनि विगतमा वर्षहरुमा युनियन लाइफले समेत टपेर पछाडि परेको नेशनल लाइफ यस वर्ष प्रथम बीमा शुल्कको आधारमा भने दोस्रो स्थानमा उक्लिएको हो । कम्पनीले चार अर्ब तीन करोड २१ लाख २९ हजार २६ रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको हो । एलआईसी नेपालले जम्मा तीन अर्ब २० करोड हाराहारी मात्रै प्रथम बीमा शुल्क आम्दानी गरेको हो ।

आर्थिक वर्ष २०७७।०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बढि प्रथम बीम शुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नविकरण बीमा शुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख ८३ हजार ४६२ रुपैयाँ कूल बीमा शुल्क संकलन गरेकोमा गत आवमा १२ अर्ब १३ करोड ४५ लाख पाँच करोड ८९ रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको हो ।

कम्पनीले गत आवमा संकलन गरेको छ अर्ब ६० करोड नविकरण बीमा शुल्क बृद्धि गरी आठ अर्ब १० करोड नघाएको छ । वित्तीय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३ खर्ब ४५ अर्ब भन्दा बढि कूल बीमा शुल्क आम्दानी गरेको छ ।

प्रथम बीमा शुल्कको आधारमा कम्पनीले एलआईसी नेपाललाई उछिनेर दोस्रो स्थानमा उक्लिएसँगै अबको केही केही समयपछि नै एलआईसी नेपाललाई कडा चुनौति दिने देखिएको छ । स्मरणरहोस्, जीवन बीमा व्यवसायमा दिगो विकासको लक्ष्यलाई पछ्याउनेहरुले भने प्रथम बीमा शुल्कलाई मात्रै ध्यान नदिई समग्र कम्पनीको अवस्थाको मूल्याङ्कन गरेर मात्रै विश्लेषण गर्नुपर्ने धारणा राख्ने गरेका छन् ।

10 thoughts on “चमत्कारिक प्रगतिसँगै नेशनल लाइफ दोस्रो स्थानमा उक्लियो !

  1. झलककुमार गुरुङ says:

    हामी सबैलाई बधाई छ।
    जय नेशनल लाईफ!

  2. होम आले says:

    हार्दिक शुभकामना

  3. नवीन श्रेष्ठ says:

    नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३ खर्ब ४५ अर्ब भन्दा बढि कूल बीमा शुल्क आम्दानी गरेको छ ।
    यो चाहिँ सच्याउन पर्ने देखियो है सर,

  4. राजेन्द्र प्रसाद यादव says:

    जय नेशनल लाइफ

  5. Jeevan khatri says:

    जय नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

  6. Ashish pariyar says:

    समाचार सच्याएर मात्रै प्रकाशित गर्न पाए राम्रो हुने थियो ।
    “नेपाल लाईफ सबभन्दा ठुलो कम्पनी अनि आम्दानी ३ खरब ४५ अरब”

  7. k.b. thakuri udayapur says:

    नेपालको पहिलो जिबन बिमा कम्पनी भनेर प्रचार गर्छौ हामी र हो पनि ।त्येसैले पहिलो भको हेर्ने रहर छ।आगामी साल पहिलो पक्का।हामी सबैलाइ बधाइ।

  8. Uttam ram says:

    Good works

  9. छत्रबहादुर तारामी मगर says:

    उप-शाखा पनि बिस्तार गर्नु पर्यो।पालिका तथा ईलाका हेरेर, उपशाखा बिस्तार ले प्रत्यक्ष र्सबसाधारण लाई लाभ हुने र आउदा दिनको रिजल्ट परिणाममुखि हुने छ।।जय नेशनल लाईफ ईन्योरेन्श ।।

  10. याम बहादुर पुन says:

    हाम्रो जीवन हाम्रो बीमा
    कम्पनी नेशनल लाईफ जीवन बीमा कम्पनी।
    उप शाखा कार्यालय थप्नु पर्छ।अब

Leave a Reply to होम आले Cancel reply

Your email address will not be published. Required fields are marked *


*