बालेनको सट्टा स्वर्णीम वाग्लेले जवाफ दिने भएपछि संसदमा हंगामा

काठमाडौं । राष्ट्रपतिद्वारा पेश गरिएको नीति तथा कार्यक्रममा उठेको प्रश्नमा प्रधानमन्त्री बालेनको सट्टा अर्थमन्त्री स्वर्णीम वाग्लेले जवाफ दिन खोजेपछि संसदमा हंगामा मच्चिएको छ।
सभामुख डोलप्रसाद अर्यालले वाग्लेलाई प्रश्नको जवाफ दिन आह्वान गर्नासाथ विपक्षी दलहरूले टेबल ठटाएर विरोध गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा शब्दमा विरोध गर्दै बैठह वहिष्कार गरी निस्किएका छन्।
संसदभित्रैबाट कतिपयले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। हर्क साम्पाङले कडा शब्दमा विरोध गर्दै ‘असक्षम प्रधानमन्त्री राजीनामा दे’ भन्दै माग गरेका छन्।
साम्पाङले कि त प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने कि त देशलाई प्रधानमन्त्रीविहीन भएको घोषणा गर्नु पर्ने अन्यथा कुनै हालतमा मान्य नहुने भन्दै कडा शब्दमा आलोचना गर्दै वैठक वहिष्कार गरेका छन्।
‘जे भन्यो त्यही नमान्ने’ भन्दै उनले बैठकबाट निस्केर गएका हुन्। उनले संसद विधिबाट सञ्चालन गर्न माग गरेका छन्।












