युनियन लाइफको आईपिओ निष्काशन आजबाट, ५८ लाख पाँच हजार कित्ता आईपिओमा २८ गतेसम्म आवेदन दिन पाइने

२४ असार २०७८, बिहीबार ०७:४८

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच हजार कित्ता शेयर वितरण गरिने कम्पनीले जनाएको छ ।

आजदेखि जोसुकै सर्वसाधारणले उक्त आईपिओमा आवेदन दिनसक्नेछन् । छिटोमा असार २८ गते बन्द हुने आईपिओमा पाँच दिनसम्म आवेदन दिन पाइनेछ । कम्पनीका अनुसार न्यूनतम् १० कित्ता देखि अधिकतम् ३२ हजार २५० कित्तासम्म आवेदन दिने सकिने उक्त आईपिओमा २१ लाख जति आवेदन पर्ने अनुमान गरिएको कम्पनीले जनाएको छ । यसअघिका दुई आईपिओमा २१ लाख सम्म आवेदन परेकोले युनियन लाइफको आईपिओमा पनि २१ लाख जति आवेदन पर्ने अनुमान छ ।

आईपिओ बाँडफाँड सम्बन्धी नियम अनुसार न्यूनतम् १० कित्ताका दरले बाँडफाँड गर्दा पाँच लाख ८० हजार ५०० जनाले मात्रै आईपिओ पाउने छन् ।

कूल निष्काशित ६४ लाख ५० हजार कित्ता आईपीओ कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । सो सुरक्षित गरिएको आईपिओ पश्चात बाँकी रहन आएको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार आईपिओमा मेरो शेयर एपमार्फत र सि आश्वा सदस्यता प्राप्त (प्रायः सबै बैंकका शाखा) मार्फत भौतिक रुपमा उपस्थित भएर शेयर भर्न सकिने जनाएको छ । डिम्याट खाता भएका सबैले शेयर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी इस्यूअर बीबीबी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत भन्दा राम्रो रहेको जनाउँदछ ।

One thought on “युनियन लाइफको आईपिओ निष्काशन आजबाट, ५८ लाख पाँच हजार कित्ता आईपिओमा २८ गतेसम्म आवेदन दिन पाइने

  1. Raju Nepali says:

    Kasari bharni ho .

Leave a Reply to Raju Nepali Cancel reply

Your email address will not be published. Required fields are marked *


*