नेशनल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

१८ श्रावण २०७८, सोमबार १३:४४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तमाी गरेको छ। कम्पनीले नेपाल लेखापढी कानुन व्यवसायी संघ कञ्चनपुरका स्वर्गिय अध्यक्ष खेम बहादुर लामाका परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले कार्यक्रम गरी भीमदत्त नगरपालिका १८ का लामाको परिवारलाई ११ लाख २८ हजार रकम भुक्तानी दिएको छ । उक्त रकम मृतकका श्रीमती सीता रानालाई रकम हस्तान्तरण गरिएको छ ।

१० लाखको बीमा गरेका लामाको गत बैशाखमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कम्पनीको महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिन किशोर भट्टले रानालाई रकमको चेक हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा कम्पनी एजेन्सी कार्यालय मझगाउँका सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द, बीमा अभिकर्ता भक्त बहादुर बुढा लगायतका सहभागी रहेका थिए ।

One thought on “नेशनल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

  1. Bijay tamang says:

    Dherai ramaro campany yo national life

Leave a Reply to Bijay tamang Cancel reply

Your email address will not be published. Required fields are marked *


*