सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ भोलिदेखि बिक्रिमा, कम्पनीको वित्तिय अवस्था कस्तो छ ?

१९ श्रावण २०७८, मंगलवार १२:२०

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुला गर्ने भएको छ ।कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।आवेदकले कम्पनीको आईपीओमा छिटोमा साउन २४ गते बैंकिङ समयसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको पृष्ठभूमि :
यस कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४/०८/१३ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा सानिमा लाईफ ईन्स्योरेन्स लिमिटेड को नामबाट पब्लिक लिमिटेड कम्पनीकोरुपमा दर्ता भई मिति २०७४/०८/२२ बाट कारोबार संचालन गर्दे आएको हो। कम्पनी एने , २०६३ बमोजिम बीमा ऐन, २०४९, बीमा नियमावली २०४९ तथा प्रचलित कानूनकोअधीनमा रही व्यवसायमा संलग्न व्यक्ति वा संस्थाहरुको संभावित जोखिमलाई जीवन बीमाको माध्यमबाट हित र सुविधा प्रदान गर्ने तथा देशमा बीमा सेवा उपलब्ध गराई आर्थिक विकासमा सहयोग पुराउने उद्देश्यले मिति २०६४/०८/१३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ बीमा समितिबाट मिति २०७४/०७/०५ गते बीमा व्यावसाय कारोवार गर्न इजाजत प्राप्त गरी मिति २०७४/०८/२२ गतेदेखि व्यवसायिक कारोवार संचालन गरिरहेको छ । यस कम्पनीको संस्थापकहरु वित्तीय/बैंकिङ्ग, कानून क्षेत्र, ब्यापार व्यवसाय एवम् व्यवस्थापनमा लामो समयदेखि दखल भएका स्थानीय आबद्ध प्रतिष्ठित ब्यक्ति तथा व्यवसायीहरु रहेका छन् ।

सञ्चालक समितिकोसंरचना र प्रतिनिधित्व सम्बन्धी व्यवस्था :  नियमावलीकोनियम ८ उपनियम (२) मा भएकोव्यवस्था अनुसार यस कम्पनीमा एक महिला सहित ७ जनाको संचालक समिति हुनेछ ।

सो समितिको समूहगत प्रतिनिधित्व यस प्रकार रहेको छ।

पुँजी संरचना सम्बन्धी जानकारी :

(क) अधिकृत, जारी तथा चुक्ता पुँजि र संस्थाको स्थापना पश्चात्सोमा परिवर्तन भएको भए तत्सम्वन्धी विवरण :

अधिकृत पूँजी : कम्पनीको अधिकृत पूँजी रु. ३,००,००,००,०००।– (अक्षरेपी तीन अर्ब) रहेको छ । उक्त पूँजीलाई रु. १००।– का दरले ३,००,००,००० (तीन करोड) थान साधारण शेयरमा विभाजन गरिएकोछ ।

जारी पूँजी  कम्पनीको तत्काल जारी पूँजी रु. २००,००,००,०००।– (अक्षरेपी दुई अर्ब) रहेको छ । उक्त पूँजीलाई रु. १००।– का दरले २,००,००,०००।– (दुई करोड) थान शेयरमा विभाजन गरिएको छ ।

चुक्ता पूँजी : कम्पनीको हाल चुक्ता पूँजी रु. १,४०,००,००,०००।– (अक्षरेपी एक अर्ब चालीस करोड) रहेकोछ जसलाई रु. १००।– का दरले१,४०,००,००० (एक करोड चालीस लाख) थान शेयरमा विभाजन गरिएकोछ ।

सर्वसाधारणलाई रु. ६०,००,००,०००।– (अक्षरेपी साठी करोड) रकम बराबरको शेयरको निष्कासन पश्चात् संस्थाको चुक्ता पूँजी रु. २००,००,००,०००।– (अक्षरेपी दुई अर्ब) हुनेछ ।

 

वित्तीय प्रक्षेपणका प्रमुख आधारहरु :

१. अनुमानित कुल बीमाशुल्क : समय अनुसार व्यापारमा बृद्धि हुनेर बिक्री भएको जीवन बीमाको बीमाशुल्क समेत थप हुनेभएकोले हरेक बर्ष रकममा बृद्धि हुनेभएकोले अनुमानित कुल बीमाशुल्ककोरकममा बृद्धि गरिएको छ ।

२. कुल बीमाशुल्कमा बृद्धिदर : कम्पनीकोविगत तथा वर्तमान अवस्थामा भएकोव्यवसाय वृद्धि तथा थप शाखा/उपशाखा कायार्लयहरुको विस्तार एव दक्ष जीवन बीमा अभिकर्ताहरुको सख्ंयामा बृिद्ध गर्दै लैजाने व्यवस्थापनको याजेना एवं नवीकरण बीमाशुल्कमा हुने वृदिकोआधारमा कुल बीमाशुल्कमा आ.व २०७७/७८, आ.व २०७८/७९ र आ.व २०७९/८० मा क्रमशः १४८.३५, ६४.५७ र ६०.७२ प्रतिशत बृद्धिदर गणना गरिएको छ ।

 लगानी तथा कजार्बाट आय/कुल लगानी तथा कर्जाः

हाल कायम रहेकोलगानीबाट प्रक्षेपित अवधिमा आर्जन हुनेआयलाई वास्तविक अकं मा गणना गरिएकोएवम्थप पक्षोपित लगानीमा विगत वर्षहरुको अनुभव र भावी अनुमानका आधारमा बार्षिक औसत ७.४० प्रतिशत प्रतिफल दर हुन आउनेअपेक्षा गरी लागानीमा प्रतिफल दर गणना गरिएकोछ ।

यसरी गणना गर्दा लगानी तथा कर्जाकोप्रक्षेपित भारीत आसत प्रतिफल आ.व २०७७/७८, आ.व २०७८/७९ र आ.व २०७९/८० मा क्रमशः ७.२७, ८.२८ र ८.९३ प्रतिशत हुनेअपेक्षा गरिएको छ ।

अन्य संचालन तथा प्रशाासन अनुमानित खर्चः

कम्पनीले शाखा तथा व्यापारमा बृद्धि भएसँगैअन्य संचालन तथा प्रशाासन अनुमानित खर्चमा समेत बृद्धि हुनेभएकोलेआ.व. अनुसार रकममा बृद्धि भएको।

क. गत वर्षहरुको वास्तविक तथ्याँक तथा आउंदो वर्षकोसंचालन योजनाकोआधारमा कम्पनी व्यवस्थापनद्धारा वित्तीय विवरण प्रक्षेपण गरिएको हो ।
ख. खुद नाफाको १० प्रतिशत रकम कर्मचारी बोनस व्यवस्थाको लागि छुट्टयाईएकोछ ।

ग. आउंदो वर्षहरुमा कम्पनीकोकरयोग्य नाफा नहुनेभएकालेकर व्यवस्था गरिएकोछैन । घ. कम्पनीकोव्यवस्थापन खर्च मूल्य बृद्घि, मुद्रा स्फिती तथा कम्पनील आफ्नो ब्यवसायिक संजालमा गर्न सक्नेबृद्घिको अनुमानकोआधारमा अनुमान गरिएको छ ।

सञ्चालन अवधि तीन बर्षव्यतीत भैसकेकोअवस्थामा विगत तीन बर्षको र तीन बर्ष ब्यतीत भैनसकेकोअवस्थामा सञ्चालन अवधिकोतथा आगामी तीन बर्षकोप्रक्षेपित प्रति शेयर आम्दानी तथा प्रति शेयर नेटवर्थ :

आषाढ मसान्त, २०७७ को व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण अनुसार ।कम्पनीको प्रक्षेपित वित्तीय विवरण विगत बर्षको कारोबारको आधारमा निष्कासन कम्पनीले तयार गरेका हो ।

विगत ३ बर्ष(आ.व. २०७४/७५ देखि २)७६/७७) को नेटवर्थमा भएको औसत प्रतिफल : २.८६%

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*