आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

८ भाद्र २०७८, मंगलवार १५:१०

काठमाडौं । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँुदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ५९ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ७५ करोड ४३ लाख ३३ हजार ७२३ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, दोस्रोमा अरुण काबेली पावरको ७१ करोड ९१ लाख, तेस्रोमा नेशनल हाइड्रोपावरको ५८ करोड ५३ लाख, चौथोमा रिडि हाइड्रोपावरको ४७ करोड २० लाख र पाँचौमा नेपाल बैंक लिमिटेडको ४१ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*