सर्वसाधारण सबैले भर्न पाउने तेह्रथुम पावरको आईपिओ आजबाट खुल्ला

९ भाद्र २०७८, बुधबार ०८:१६

काठमाडौं । सर्वसाधारण जोसुकैले भर्न पाउने तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपिओमा आज विहान ११ बजेपछि आवेदन दिन पाइने भएको छ । कम्पनीले आज भदौ ९ गतेबाट सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रि खुला गरेको हो ।

कम्पनीले आजदेखि जारी पुँजिको २० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता आईपिओमा आवेदन खुल्ला गरेको जनाएको छ । कम्पनीले यसअघि नै जारी पूँजीमध्ये १० प्रतिशत अर्थात चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न गरिसकेको कम्पनीले आजदेखि सबै सर्वसाधारणलाई ८ लाख कित्ता शेयर बिक्री गरेपछि शेयर निष्काशन प्रक्रिया पुरा हुनेछ ।

कम्पनीको कुल शेयरको २ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने सात लाख ४४ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपिओमा यही भदौ १३ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*