पञ्चकन्या माई हाइड्रोपावरको खुद नाफा एक लाख बढी मात्र, इपिएस कति ?

११ भाद्र २०७८, शुक्रबार ११:५१

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अुनसार कम्पनीको खुद नाफा बढेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ लाख ३१ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४ करोड ३ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको विद्यु्त विक्रीबाट हुने आम्दानी भने ६.४६ प्रतिशतले घटेको छ । अघिल्लो आवको समिक्षा अवधिसम्ममा कम्पनीलदे ३६ करोड ९७ लाख १८ हजार रुपैयाँ विद्युत विक्री आम्दानी गरेकोमा गत वर्ष ३४ करोड ५८ लाख ४६ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेकोमा जगेडा कोष १९ करोड ९० लाख ऋणात्मक रहेको छ । साथै कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ०.०१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ८१.८९ रुपैयाँ मात्र रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*