नेपाल इन्भेष्टर्स फोरममा नयाँ नेतृत्व, छोटेलालले छोडे, ढकाल बने नयाँ अध्यक्ष

१३ भाद्र २०७८, आईतवार ०७:१०

काठमाडौं । शेयर लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरमको शनिबार सम्पन्न भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भर्चुअल माध्यमबाट तेह्रौँ, चौधौँ, पान्ध्रौँ र सोह्रौँ वार्षिक साधरण सभा सम्पन्न भएको र सोही साधारणसभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

फोरममा लामो समयदेखि नेतृत्व गर्दै आएका छोटेलाल रौनियारले छोडेका छन् भने नयाँ अध्यक्षमा तुलसीराम ढकाललाई चयन भएका छन् । हिजो चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा राजन लम्साल, द्धितिय उपाध्यक्षमा अञ्जिव तुलाधार, महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

फोरमको कार्यसमिति सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ, सिर्जना सुबेदी चयन भएको जनाएको छ । नव निर्वाचित कार्यसमितिका अध्यक्ष ढकालले लगानीकर्ताको हित र पुँजि बजारको दीगो विकासको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*