नेप्से ४९ अंकले घट्दा १५ अर्ब माथिको कारोबार, अरुण भ्यालीको मात्र १ अर्ब माथि, १२ समूह राताम्य

१३ भाद्र २०७८, आईतवार १५:२२

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३०४४ दशमलव ८७ विन्दुमा कायम भएको छ ।

आज २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४८ करोड ३६ लाख ८७ हजार ९४४ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेको १३ उपसूचक मध्ये आज एक समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज फाइनान्स समूहमा २१.८८ अंकले बृद्धि भएको छ ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको एकैदिन १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ रुपैयाँको कारोबार भएको हो । साथै आइतबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*