नेप्से ६९ अंकले घट्दा कारोबार पनि घट्यो, सबै समूह राताम्य

१५ भाद्र २०७८, मंगलवार १५:१९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक निर्जीबन बीमा समूहमा ३७२.५८ अंकले घटेको हो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन १ अर्ब १ करोड ५ लाख ७३ हजार ३८३ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, आज सर्वाधिक कर्णाली डेभलपमेन्ट बैंकको ७.५८ प्रतिशत अंकले बृद्धि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*