प्रभु क्यापिटलको तीज अफर, लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुट

१५ भाद्र २०७८, मंगलवार २२:५४

काठमाडौं । महिलाहरुको पर्व तीजको अवसरमा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रीत गरी उहाँहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पु¥याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको हो ।

यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम तीन लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सकिने कम्पनीले जनाएको छ । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यो योजना ल्याईएको कम्पनीको भनाई छ । यस योजनामा सलंग्न भएका ग्राहकहरुले यस क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था गरिएको छ । त्यसै गरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको छ । यस योजनाको विस्तृत विवरण पाउनका लागी ग्राहकहरुले यस क्यापिटल अन्तर्गत पिएमएस हटलाइन् सपोर्ट नं ९८४००७६२०० तथा ०१–५९७०२०० मा सम्पर्क गर्न सकिने सो कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*