आइपीओमा आवेदन संख्या बढ्दा १० प्रतिशत अपाङ्गता हिस्सा छुट्याउन माग

१५ भाद्र २०७८, मंगलवार २३:०८

काठमाडौ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै साधारण शेयर (आइपीओ) निष्काशन गरिरहेका छन् । पछिल्लो समय कुनै पनि कम्पनीले आइपीओ निष्काशन गर्दा २२ देखि २५ लाख सम्मको आवेदन पर्ने गरेको छ ।

जसअनुसार सो कम्पनीहरुको आइपीओ पाउन भाग्यकै भरमा पर्नुपर्ने अवस्था रहेको छ । यसैबिच अपाङ्गता भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा १० प्रतिशत हिस्सा छुट्याउन माग गरिएकाे छ ।

मंगलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि आईपीओमा १० प्रतिशत हिस्सा छुट्याएर सुनिश्चितता गर्न माग गरेका हुन् ।

पछिल्लो समय सबै वर्ग/तहका ब्यक्तिहरुमा आइपीओप्रति क्रेज बढ्दै गएकोमा शेर्पाले सामूहिक लगानी काेष र कर्मचारीहरू छुट्याइने जसरी नै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि आइपीओको हिस्सा छुट्याइनुपर्ने माग गरेका हुन् ।

One thought on “आइपीओमा आवेदन संख्या बढ्दा १० प्रतिशत अपाङ्गता हिस्सा छुट्याउन माग

  1. पदम says:

    कति हास्नु

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*