बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१६ भाद्र २०७८, बुधबार १५:०८

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा हाइड्रोपावर कम्पनीहरु रहेका छन् । सर्वाधिक कारोबार हुने पहिलो कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ५९ करोड ९९ लाख ३६ हजार ४९ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० करोड १४ लाख, अपि पावर कम्पनीको २३ करोड ७५ लाख, हिमालयन डिस्टीलरीको २३ करोड ३६ लाख र रिडि हाइड्रोपावर डेभलपमेन्टको २२ करोड ११ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*