ङादी ग्रुप पावरको बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन

१७ भाद्र २०७८, बिहीबार ०८:२२

काठमाडौं । ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजन र साधारण सभा प्रयोजनको लागि आगामी भदौ १८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक बर्ष २०७७÷ ७८ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पनि प्रस्ताव गरेको छ । कम्पनीले आगामी असोज ३ गते साधारण सभा बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*