प्रभु बैंकको मोबाईल बैंकिङ सिष्टम कोल्याप्स, सुचारु गर्ने प्रयास हुँदै

२० भाद्र २०७८, आईतवार १५:३६

काठमाडौं । लाखौं सर्वसाधारणले प्रयोग गर्दै आएको प्रभु बैंकको मोबाईल बैंकिङ सिष्टम कोल्याप्स हुँदा लाखौं सर्वसाधारणले सास्ती भोगिरहेका छन् । केहीबेर अघिदेखि प्रभु बैंकको मोबाइल बैंकिङ सिष्टममा समस्या आएको सो बैंकका एक उच्च अधिकारीले बीमापोष्टलाई जानकारी दिए ।

बैंकको मोबाइल बैंकिङ् सिष्टमले काम नगर्दा सो बैंकका सेवाग्राहीले निकै ठूलो सास्ती पाएको गुनासो गरेका छन् । प्रभु बैंकको मोबाइल बैंकिङ्को लागि गेटवे सुविधा दिँदै आएको कम्पनीको बदमासीका कारण समस्या उत्पन्न भएको प्रभु बैंकले जनाएको छ । प्रभु बैंकले मोबाइल बैंकिङ सेवा अबरुद्ध भएपनि एटिएमहरु भने चलिरहेको जनाएको छ ।

प्रभु बैंक सहित अन्य केही बैंकहरुको समेत मोबाइल बैंकिङले काम नगरेको गुनासो आइरहेको छ । साथै एटिएम प्रयोग गरेपछि आउने एसएमएस समेत ढिलाई भइरहेको छ । नेटवर्किङ सिष्टमको कमजोर पूर्वाधारका कारण पटक पटक समस्या आउँदा समेत सेवाप्रदायकहरुले आर्थिक कारोबारजस्तो संवेदनशील क्षेत्रमा समेत लापरवाही गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*