माछापुच्छ्रे बैंकद्धारा ७ शाखारहित बैंकिङ सेवा विस्तार

२१ भाद्र २०७८, सोमबार १२:३५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले थप ७ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका ६, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउरँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५ रुवाली र १६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ३, सिराह जिल्लाको सुखिपुर नगरपालिका २ छजना चोकमा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको हो ।

उक्त शाखाहरुबाट ग्रामिण भेगका स्थानिय बासिन्दालाई खाता खोल्ने, रकम जम्मा गर्न र झिक्ने र रेमिटेन्स भुक्तानीका काम हुने बैंंकले जनाएको छ ।

थप ७ वटा शाखारहित बिस्तार गरेसंगै माछापुच्छे« बैंकले १७२ शाखारहित बैंकिङ सेवाबाट ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*