नबिल इक्वीटी र नबिल ब्यालेन्स्ड–२ फण्डको लाभांश घोषणा, कुनको कति ?

२३ भाद्र २०७८, बुधबार ११:४९

काठमाडौं । नबिल म्युचुल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश घोषणा गरिएको छ । नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड–२ ले लाभांश घोषणा हो ।

नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको भदौ २२ गते जुममार्फत बसेको संचालक समितिको ९४ औं बैठकले यस कम्पनी योजना व्यवस्थापक रही संचालनमा रहेको नबिल म्युचुअल फण्ड अन्तर्गतको दुई योजनाले आर्थिक वर्ष २०७७।०७८ को लागि इकाईधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

नबिल इक्वीटि फण्डले आफ्ना इकाईधनीहरुलाई ४० प्रतिशत (कर सहित) का दरले हुन आउने रकम ५० करोड रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्डले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) का दरले हुन आउने ३९ करोड २० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै कम्पनीले दुवै योजनाको उक्त लाभांश वितरणका लागि इकाईधनी दर्ता पुस्तिका (बुकक्लोज) सम्बन्धि सूूचना पछि प्रकाशित गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*