नबिल ब्यालेन्सड् फण्ड–३ को १० करोड इकाई शुक्रबारदेखि बिक्री खुल्ला

२३ भाद्र २०७८, बुधबार १३:३८

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड् फण्ड ३ ले भदौ २५ गते शुक्रबारदेखि इकाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । फण्डले १० करोड इकाई बिक्री गर्न लागेको हो ।

फण्डले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक नबिल बैंकलाई र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले भदौ २५ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै सोही अवधिसम्म सम्पूर्ण इकाई बिक्री नभएको खण्डमा असोज ८ गतेसम्म आवेदन अवधि लम्बिने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैकिङ्गले जनाएको छ ।

आवेदकले न्यूनतम १०० इकाईको लागि र अधिकतममा १ करोड इकाईसम्मको लागि आवेदन दिन पाउनेछन् । १० वर्षे अवधि रहेको यस बन्दमुखी योजनामा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले मेरो शेयर वेबसाइट वा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*