युनिक नेपाल लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई अवसर

२४ भाद्र २०७८, बिहीबार ११:४३

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ३ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले सहायक अधिकृत प्रशिक्षार्थी/अधिकृत र कनिष्ठ सहायक प्रशिक्षार्थी/सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो । साथै वरिष्ठ अधिकृत (लेखा)/अधिकृतमा १ जना कर्मचारी मागेको छ । सो पदका लागि प्लस टु पास उत्तीर्ण देखि स्नातक तह उत्तीर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले असोज १३ गतेसम्म कम्पनीको वेबसाइटबाट फाराम डाउनलोड गरी कम्पनीको आधिकारीक इमेलमा दरखास्त पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*